जलहरी प्रकरण संसदको रेकर्डबाट हटेपनि जनताको मनबाट हट्दैन सांसद खतिवडा

जलहरी प्रकरण संसदको रेकर्डबाट हटेपनि जनताको मनबाट हट्दैन सांसद खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिको सुनको जलहरी प्रकरणको संसदमा छलफल गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जलहरी प्रकरणमा संसदमा उठेको बिषय रेकर्डबाट हटाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘हामीले संसदलाई हल्ला रुपमा प्रस्तुत गर्दैछौं। कसैको सत्ताको आवेगको केन्द्र नबनोस्। संसदमा छलफल हुनुपर्ने बिषय रेकर्डबाट हट्ने परम्परा अन्त्य होस्। हामी संसदलाई सार्वभौम बनाउन चाहन्छौं। महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९ सय २४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ। त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्रै प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम बेपत्ता भएको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यो कुरा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिइएको हो । त्यो बोल्दा संसद्मा रेकर्ड हटाउने कुराको म विरुद्धमा छु । ’

जलहरी प्रकरणमा बोल्दा संसद्को रेकर्डबाट हटेपनि जनताको मनबाट नहट्ने उनको भनाइ छ।