नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट कागज आफूले लेखेको स्वीकारेका छन् ।
जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोटबुकमा बैयक्तिक भावना लेखेको दाबी गरे । ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ’ बयानमा भनेका छन्, ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’
उनले प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए । आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त नोट ९कागजको चिट० च्यातेर फालेका थिए ।
उक्त नोटमा ९प्रहरी हिरासतमा रहेका केशव०दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्यो । नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्छ ‘ भनिएको थियो ।अदालतमा इन्कारी बयान दिएर मात्र नहुने भन्दै उनले म्याद थप भएको एक साताभित्र जुन सुकै हातलमा मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुराकानी नै भएको छैन भनेर पुनः बयान गराउनुपर्ने सन्देश खाँणसम्म पठाएका थिए ।
प्रहरीको अनुसन्धानबाट खुलेअनुसार यो सन्देश पाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणमार्फत सानु भण्डारी र केशवप्रसाद दुलाललाई घटनामा संलग्न नभएको भनी इन्कारी बयान गराउन प्रयास भएको थियो । त्यसक्रममा खाँणले आफ्ना निजी सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पामार्फत एक करोड रुपैंया फिर्ता दिएका थिए । तर शेर्पाले सानु भण्डारीका दाजु राजु भण्डारीलाई ३० लाख रुपैयाँमात्रै दिए, बाँकी आफूले राखे ।
जिल्ला अदालतमा पेश भएको आरोपपत्रमा भनिएको छ, ‘इन्कारी बयान गराउनका लागी लिखित सूचना पठाएपछि बालकृष्ण खाँणले आङटावा शेर्पा मार्फत रकम दिएको देखिदा प्रस्तुत मुद्दा कमजोर पार्ने र आफू अनि बालकृष्ण खाँण समेतका अन्य प्रतिवादीहरुलाई कसुर अपराधबाट बचाउने कार्य गरेको देखियो‘।।’
प्रहरीले २८ बैशाख २०८० मा बालकृष्ण खाँणलाई पक्राउ गर्दा उनको मैजुबहालस्थित निवासबाट नोटबुक, डायरी र सम्पत्ति विवरण लगायतका कागजात बरामद गरेको थियो प्रहरी आउनासाथ खाँणले निवासमा रहेको त्यो कागजको चिट च्यातेर फालेका थिए । चिट बरामद गरेको प्रहरीले विधिविज्ञान प्रयोगशालाबाट च्यातिएको चिट जोड्नुका साथै त्यसमा लेखिएको विवरण हुबहु उतार्यो ।
प्रयोगशालाबाट त्यो लिपी ९अक्षर० सचिव पाण्डेकै भएको पुष्टि भयो । जिल्ला अदालत काठमाडौंमा पेश भएको आरोपपत्र अनुसार त्यो चिट दसी प्रमाण त हो नै, लिखत परिक्षणका क्रममा सचिव पाण्डेले लेखेको पुष्टि भएको सन्देशमार्फत उच्च राजनीतिक हस्तक्षेपमार्फत अनुसन्धान प्रभावित पार्ने चाहना राखेका थिए ।
प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले भने अदालतमा दिएको बयानमा नोटबुकमा आफूले भावनात्मक रुपमा लेखेको उक्त सूचना कतै पठाउने प्रयोजन नभएको दाबी गरेका छन् । ‘पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन’, उनको दाबी छ, ‘उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाइ प्रभाव पार्ने मेरो कुनै मनसाय होइन ।
प्रतिक्रिया