मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका(७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।
जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं। ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं। ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६र५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०र३२ का भानु पौडेल रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जानकारी दिएको छ
प्रतिक्रिया