नेकपा एस निकट विद्यार्थी सङगठन को प्रदर्शन

नेकपा एस निकट विद्यार्थी सङगठन को प्रदर्शन


काठमाडौको पुतलीसडक स्थित पुर्वान्चल बिश्वबिद्धालय अन्तरगतको हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू ह्वाइटहाउस कमिटी ले तालाबन्दी गरेको छ । विद्यार्थीहरुको जायज माग पूरा गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि कलेज प्रशासन कानमा तेल हालेर बसेको हुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको अध्यक्ष रमेश बिक्रम शाहिले बताएका छन । अनेरास्ववियू ले मिति २०८०/२/११ गते पढाइलाई असर नहुने गरि प्रशासनिक र आर्थिक कक्षमा तालाबन्दी गरेको थियो तर कलेज प्रशासनले प्रहरीको बलमा संगठनको बिज्ञप्ति च्यात्ने र विद्यार्थीहरुलाइ धाकधम्की दिएर मनोबैज्ञानिक असर दिन थालेपछि माहोल तनावग्रस्त बनेको थियो । प्रहरीले जबर्जस्त शान्तीक्षेत्र मानिएको कलेजमा लाठी र बन्दुक बोकेर प्रवेश गरि कलेजको मिलेमतोमा ह्वाइटहाउसका अध्यक्ष रमेश बिक्रम शाही , सोही कलेजका नेता अबिरल बस्नेत , उकेश सुवाल , उपत्यका कमिटीका नेता राज कार्की लाई गिरफ्तार गरेको भन्दै अनेरास्ववियू उपत्यका कमिटीले अध्यक्ष शैलेन्द्र कुमार बम र सचीव दिपेन्द्र बोहोराको हस्ताक्षर भएको बिज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेको छ भने आफ्नो नेताहरुलाइ स-सम्मान रिहाई गर्नुपर्ने माग गरेको छ ।
कलेज प्रशासन ले एक जना विद्यार्थी बाट लाखौं असुल्ने तर गुणस्तरीय शिक्षा प्रधान गर्न भने आनाकानी गरिरहेको हुदा , अनेरास्ववियू ह्वाइटहाउस कमिटीले गुणस्तरीय शिक्षा हुनुपर्छ भन्ने लगायतको माग राखी चरणबद्ध आन्दोलनको घोषणा गरेको तर शक्तिको आडमा प्रहरी प्रशासनको दुरुपयोग गरि विद्यार्थी नेताहरुलाइ गिरफ्तार गर्नलगाएर सो कलेजका प्रधानाध्यापक हु भन्ने तोयानारायण पौडेल फरार भएको अनेरास्ववियू राष्ट्रिय कमिटीका अध्यक्ष मनोज चन्दले बताएका छन । प्रहरी श्रोतका अनुसार उक्त घटना पछि प्रधानाध्यापक तोयानारायण सम्पर्कमा नआएको जनाएको छ भने उता आज पनि अनेरास्ववियू ह्वाइटहाउसले कलेज अगाडि परिवर्तनकारिलाइ शक्तिको आडमा दबाउन सक्छ तर परिवर्तनलाई सक्दैन , “विद्यार्थी एकता जिन्दावाद ” “लाठी बन्दुक हैन शिक्षक ले मार्कर समाउनुपर्छ” शिक्षालयलाइ व्यपारिक केन्द्र बनाउन पाइन्दैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर नाराबाजी सहित धर्ना जारि राखेको अनेरास्ववियू ह्वाइटहाउसका नेता सुधिर प्रधानले जानकारी गराएका छन ।