भुटानसँग पहिलो हाफमा नेपाल १ /० ले पछि

भुटानसँग पहिलो हाफमा नेपाल १ /० ले पछि


प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाल पहिलो हाफमै पछि परेको छ ।

काठमाडौंको दशरथ रंगशालामा खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका छन् ।

यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।

भुटानलाई भने फाइनलमा पुग्नका लागि नेपालसँगको खेल २ गोल भन्दा बढीको अन्तरले जित्नु पर्नेछ ।