माधव नेपालको ब्रिफिङ उपप्रधानसहित तीन मन्त्रालयमा दाबी

माधव नेपालको ब्रिफिङ उपप्रधानसहित तीन मन्त्रालयमा दाबी


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारमा कुनै ढिला नहुने भन्दै प्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई ब्रिफिङ गरेका छन् । मंगलबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले नाम माग्ने बित्तिकै पार्टीबाट मन्त्री हुनेहरुको नाम दिने तयारी गरेको बताएका छन् ।

बैठकपछि उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायम रहेको बताए । ुसरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको छ । हाम्रो दाबी तीन मन्त्रालयमा हो । क(कसलाई पठाउने भनेर पनि तयारी भइसकेको छ,ु उनले भने ।

बैठकमा अध्यक्ष नेपालले तीन मन्त्रालयमा दाबी कायम रहेको ब्रिफिङ गरेको उनले बताए । ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं, उनले भने ।

बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ भने मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।

उपप्रधानसहित पुर्वमहासचिव बेदुराम भुसालको नेतृत्वमा सरकरामा सहभागी हुने नेकपा एसको तयारी छ । मन्त्रीकालागि भानुभक्त जोशी, प्रकाश ज्वाला, प्रेम आले लगायतको चर्चा छ ।