माधव नेपालको व्यंग्य( एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं

माधव नेपालको व्यंग्य( एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तार खुल्दै जाने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले व्यंग्यात्मक रुपमा एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

‘यहाँ कुरा सुन्दा म पनि अन्योलमा परेको छु । प्रचण्डजी प्रधानमन्त्री भएको गठबन्धनको प्रमुख घटकलाई घोक्रयाएर निकालियो भन्ने पनि सुनियो । घोक्रयाएरै निकाल्ने काम किन गरियो रु त्यसको पनि जवाफ हामी पक्कै थाहा पाउनेछौं । घोक्रयाएर निकालियो भन्ने पनि मैले सुने अर्कोतर्फ आफै निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि मैले सुने । म आफैं अलमलमा परें’, उनले भने, ‘मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयका विद्यावारिधि गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मेवारी दिनुपर्छ कि रु के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो रु के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो रु’

उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

उनले भने, ‘फेरि अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन रु म अस्वाभाविक ठान्दिनँ । तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ । यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ । यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास छ।’