चित्रबहादुर केसीको प्रश्नः संसदको ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन र?

चित्रबहादुर केसीको प्रश्नः संसदको ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन र?


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हरेक दुई दुई महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिने र सरकार बनाउने तथा सरकार भत्काउने खेलमा लागेपछि लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल गर्ने क्रममा केसीले हाम्रो निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकाले सरकार बनाउने र सरकार भत्काउने खेलमै समय जाने बताए ।

‘हामीले दुई महिनाअघि सरकार गठन गरेका थियौं, त्यतिबेला पनि यस्तै बहस र छलफल भएका थिए,’ केसीले भने, ‘संसदमा भएका सबै पार्टीले प्रधानमन्त्रीलाई त्यतिबेला समर्थन गरेर उत्पात थियो, अब यो दुई महिनै भित्र फेरि अर्को खेल, अब यो खेल हेर्दाखेरि नेपाली जनताले हामीलाई के भन्दा हुन् रु मलाई यही समस्या छ मलाई यही लागि राखेको छ ।’

निर्वाचन प्रणालीकै कारण हामीले संसदीय प्रणालीलाई चलाउनै नसक्ने र बचाउन नसक्ने स्थिति आएको उनले बताए ।

‘सामान्यता संसदको ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन रु त्यसले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन रु’ केसीले प्रश्न गरे, ‘त्यतातिर नलागेर तेस्रो पार्टी समाउन हिँड्ने पहिलो पार्टी र दोस्रो पार्टीले के भन्नुहुन्छ मतदाताले रु’

दलहरुको ध्यान अर्थतन्त्र सुधार्न, महँगी नियन्त्रण गर्न र जनताका समस्या समाधानमा केन्द्रीत हुनु पर्ने केसीले बताए । देशमा महँगी अचाक्ली बढेको भन्दै उनले थपे, ‘हामीजस्ता मान्छेले पनि के भाउमा किन्छ अगाडिको ग्राहकले भनेर सोध्नु पर्नेस्थिति छ सांसदले पनि, सर्वसाधारणको अवस्था के छ, हामीले त्यतातिर सोच्नु पर्ने हो नि ।’