तनहुँ(१ र बारा(२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

तनहुँ(१ र बारा(२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय


तनहुँ निर्वाचन क्षेत्र(१ र बारा(२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।

तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा(२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।

नेपालको संविधानको धारा ६२ को उपधारा ९६० र धारा ६७ को उपधारा ९३० मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।

रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।

१० वैशाखमा चितवन(२ मा पनि उपचुनाव हुँदैछ । चितवन(२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।

आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ । आयोगका अनुसार तनहुँ(१ र बारा(२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ ।

१६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ । दाबी जिरोध लगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।