यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँः प्रचण्ड

यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँः प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उनले भने ।