प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् ।

रापष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन ।

उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् ।प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।