नेपाल नेटवर्क टेलिभिजनकर्मी मनोज हिताङ्गको सवारी दुर्घटनामा परि निधन भएको छ ।
लुम्बिनी प्रदेशका क्यामेरा पर्सनका रुपमा कार्यरत हिताङ्गको बुटवलमा गएराति भएको सवारी दुर्घटनामा निधन भएको हो । लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार ३६ वर्षीय हिताङ्गको बसको ठक्करबाट निधन भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ०७–०२–००१ नम्बरको बसले राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै उहाँ सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका हिताङ्गलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँ लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ विगत १५ वर्षदेखि बुटवलस्थित बुद्धनगरमा बस्दै आउनुभएको थियो । हितांगका बुवा, श्रीमती र २ भाइ हुनुहुन्छ ।
प्रतिक्रिया