राजसंस्थाको आडमा मौलाएको आजको राजनीतिमा आरोपित दिपेन्द्र

राजसंस्थाको आडमा मौलाएको आजको राजनीतिमा आरोपित दिपेन्द्र


भवानी दुलाल

काठमाडौं । जनतामा सरकार र राजनैतिक दल प्रति वितृष्णा भइरहेका बेला जेठ १९ यस्तै घटना घट्यो । नेपालको इतिहासमा रहस्यमय घटना घटेको दिन पारेर स्वर्गीय राजपरिवारको कमलादी गणेश मन्दिरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना भएको थियो । यसै बेला एक महिला रुँदै रुदै दिपेन्द्रको फोटो खोइ भन्दै प्रश्न गर्छिन रुजनतामा स्वर्गीय राजपरिवार प्रति छरपस्ट माया झल्किरहेको थियो । महिलाले भिडियोमा यो षड्यन्त्र भएको हो दिपेन्द्र सरकारको फोटो खाई भन्दै थिइन् उनी अझै झन भक्कानिएर झन ठुलो स्वरले रुदै कराउँदै दिपेन्द्र सरकारको फोटो किन राखिएन भन्दै रुदै थिइन । भिडियोमा मानिसहरुको हुलमुल निकै बाक्लो देखिन्छ कसैले पनि यस बिषयमा बोलेको भने देखिएन । राजनैतिक दलको त्रासले हो अथवा तिनकुने घटनाको डरले हो । यसरी फोटो नहुदाँ कार्यक्रम आयोजना गर्ने संस्थाले पनि थाहा पाउनु पर्ने होइन र र ?कि कार्यक्रम आयोजना गर्ने आयोजक र सरकार विच मिलेमतो भएको हो रु प्रश्न उठ्छ

फेरि एक तर्फका व्यक्तिहरु सामाजिक सञ्जालमा दिपेन्द्र सरकारको मृत्यु दुई दिन पछि भएको हो भन्ने हल्ला चलाउँछन् । र उहाँ वित्नु भएकाले फोटो नराखिएको बताउँछन् । अहिले सरकार र राजनैतिक दलहरुले दिपेन्द्रलाई दोषी करार गर्न घटना गुपचुप बनाउन खोजेको त होइन रु प्रश्न उठ्न थालेको छ ।
भारतीय रअका कर्मचारीले दरबार हत्या काण्ड बारे सामाजिक सञ्जालमा बोलेका भिडियो बाहिर आउँदा पनि घटनाबारे छानवीन गर्न सरकार किन सक्दैन रु राजनैतिक दल र पुर्वराजा ज्ञानेन्द्र बिच भित्रीय सम्बन्ध मजबुद् भएको हो र रु कि रहस्यमय घटना माथि राजनैतिक दलहरु र पुर्व राजा ज्ञानेन्द्र बिच एक अर्कामा दोस साँधेर जनता अलमलाउने षडयन्त्र गरिएको हो ?

२४० बर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थालाई बिदाई गर्न बाध्य कस्ले गर्यो भन्ने विषयमा प्रह्न उठ्न थालेको छ । त्यहि राजसंस्थाका आडमा राजनैतिक दलहरु अहिलेको अवस्था सम्म आइपुग्दा पनि राजसंस्था प्रति तथानाम टिकाटिप्पणी गरिरहेका छन् । के मानिसमा मानवता हराइसकेको होरु के हामीलाई यो अवस्था सम्म ल्याउने राज्य व्यवस्था भनौ वा हाम्रो परिवार के हामीले उनीहरु प्रति सम्मान गर्न सक्दैनौ रु के हामीले स्वतन्त्रताका नाममा पुर्खाले आर्जेको इतिहास नै भुल्न थालेका हौँ । नारायणीहिटि दरबार हत्या काण्ड भएको २४ बर्ष वितिसक्दा पनि स्वर्गीय राजपरिवार र अन्य अरु व्यक्तिहरुमा गोली कस्ले प्रहार गर्यो भन्ने तथ्य बाहिर आँउन सकेको छैन । घटनालाई नजिकबाट नियालेका केही प्रत्यक्षदर्शीहरु र दरबारसँग नजिकका व्यक्तिहरुका अन्तवार्ताबाट पनि हामीले नसुनेका होइनौँ । हत्या कान्डबारे निस्केका केही पुस्तकमा दिपेन्द्र सरकारको मुकुन्डो लगाएका धेरै व्यक्ति हरुबाट गोली प्रहार भएको भनिएको छ ।

पछिल्लो समयमा सरकारले पारिवारिक तनावको वातावरण देखाएर रहस्यमय दरबारहत्या काण्ड दिपेन्द्र सरकार माथि साँधि आरोप लगाउन लागि परेको विश्लेषकहरु बताउँदै आएका छन् । के यसरी जालझेलले साँधिएको घटना पत्याउन २४ बर्ष देखि जनता कुरेर बसेका हुन ?  यदि घटना परिवार बाहिरको व्यक्तिले घटाएको हो भने अपराधीलाई फेरि उम्कन सहजिकरण गरिरहेको त होइन सरकार ? बाह्य शक्तिलाई किन ढाकछोप गर्न थालेको छ रु यिनै प्रश्नहरु जनताका मनस्पटलमा २४ बर्ष देखि घुमिरहेको छ । तर सम्बन्धित निकाय र सरकार भने यसलाई रहस्यमय घटना मै टुङ्गाउन लागि परेको छ । देशमा कति सरकार परिवर्तन भए कति व्यवस्था परिवर्तन भए तर यो घटना जिउको तिउ छ ।