उपत्यकाका विभिन्न स्थानबाट हराएका २० ओटा दुईपाङग्रे सवारी साधनलाई फेला पारी बुधबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले१३ ओटा मोटरसाइकल र ७ ओटा स्कुटरगरी २० ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धितधनीलाई हस्तान्तरण गर्नु भएको हो ।
गत साउनदेखी आजसम्म दुई पाङ्ग्रेसवारी साधन हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९सय ९७ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा३१४ ओटा सवारी साधन अनुसन्धानका लागि ल्याइएको थियो । जसमध्येसाउनमहिनामा७३ ओटा,भदौमा ४० ओटा, असोजमा ३० ओटा, कार्तिकमा १४ ओटा, मंसिरमा ३७ ओटा र पुसमा ५१ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेकोछ । यस्तै आज सहित यही माघ महिनामा मात्र४३ ओटा सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ। यसैगरी यस आर्थिक वर्षमा २४ ओटा चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कार्वाहीका लागि विभिन्न प्रहरी वृतहरूमा पठाइएको छ ।
सवारी साधन चोरीको घटनालाई न्यूनीकरण तथा नियन्त्रण गर्न यस कार्यालयमा रहेको पिडित सहायता इकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरी खटिदै आएका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नुभएको छ ।सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरी जानकारी गराउन र खोजतलासका लागि आवश्यक जानकारी सहित निवेदन दिन सकिनेछ ।
प्रतिक्रिया