एमालेको ‘युथ सेलिब्रेसन’

एमालेको ‘युथ सेलिब्रेसन’


काठमाडौं । लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको हो । स्वदेशमै रोजगारी र समृद्धिका लागि युवाहरूका लागि अवसर छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको एमाले नेता बताउँछन् ।

आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलिब्रेसनस्वरूप कार्यक्रम गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला भएका छन् ।