रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने

रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने


सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले सरकार संकटमा नरहेको प्रष्ट पारेकी छन् ।
मंगलबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने बताइन् ।

उनले भने, ‘रास्वपाले सरकार छोडेर गएको छ । तर, समर्थन फिर्ता लिनुभएको छैन । त्यसैले सरकार संकटमा रहेको स्थिति देखिदैन । उहाँहरुले सरकार छाड्नु उहाँहरुको पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल गर्छौं । प्रधानमन्त्रीले हामी गठबन्धन जोगाउन र उहाँहरुलाई सरकारमा फिर्ता ल्याउन प्रयत्नशील छौं भनेर बोल्नुभएको छ ।’

उनले रास्वपालाई पुन सरकारमा ल्याउन पहल भइरहेको समेत बताइन् ।