जन्मदिनको शुुभकामना लिएपछि राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह–“सुशासन र समृद्धिको यात्रामा साथ दिएर शुुभकामनालाई सार्थक बनाइदिनुुस्…’’

जन्मदिनको शुुभकामना लिएपछि राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह–“सुशासन र समृद्धिको यात्रामा साथ दिएर शुुभकामनालाई सार्थक बनाइदिनुुस्…’’


काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई शुुभकामना आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताउनुुभएको हो ।“सेवा प्रवाहका कुराहरुमा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्धत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो ।’’सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपालका सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो ।यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी हुनुुभएको छ ।