काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य प्रदीप पौडेलको राजीनामा मागेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई अलपत्र पारेको भन्दै मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताइन्।
उनले भनिन्, ‘स्वास्थ्य बीमाको सीमालाई ५ लाखको पुर्याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीबाट नै अब भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार अभिव्यक्ति आएकोमा दुःख लागेको छ।’
बिमा ल्यायौँ भनेर जस लिन खोज्ने, अलपत्र पारेर वर्षौँसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर धराशायी बनाएको उनको आरोप छ।
प्रतिक्रिया