मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम भब्यरुपमा सम्पन्न,बिशिस्ट ब्यक्तिलाई सम्मान

मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम भब्यरुपमा सम्पन्न,बिशिस्ट ब्यक्तिलाई सम्मान


काठमाडौं। चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । सोमबार उक्त कार्यक्रममा अतिथिकाृ उल्लेख्निय सहभागितामा कार्यक्रम भब्य अनि सभ्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रममा पाँच बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गरेको छ। कमलादीस्थित एकेडेमी हलमा विद्यार्थीहरुलाई स्वागत तथा अभिनन्दन कार्यक्रमको अवसर पारेर समाजमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँज जना बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गरेको हो।मनास्लु कलेजले कलाकार तथा महानायक राजेश हमाल, पत्रकार राजेन्द्र बानियाँ, राष्ट्रिय फूटबल टोलिका कप्तान किरणकुमार चेम्जोङ लिम्बू, प्रा।डा। बालचन्द्र लुइँटेल र समाजसेवी अनुराधा कोइरालालाई विभिन्न बिधामा सम्मान गरेको छ।

कलेजले नेपालको चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै महानायक राजेश हमाललाई मनास्लु कलाकारिता सम्मान पुरस्कारद्वारा सम्मान गरेको हो। त्यस्तै पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार राजेन्द्र बानियालाई सञ्चारकर्मी सम्मान, खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किरणलाई, नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै मनास्लु शिक्षासेवि पुरस्कार प्रा।डा। बालचन्द्र लुइँटेललाई र मनास्लु समाजसेवी पुरस्कार अनुराधा कोइरालालाई सम्मान गरेको हो।

कार्यक्रमममा बोल्दै पत्रकार राजेन्द्र बानियाँले कक्षा १२ पछि विद्यार्थीहरु बिदेश पलायन नभई नेपालमै पढ्न र उद्धमी बन्न सुझाव दिनुभयो। त्यस्तै कलाकार राजेश हमालले कडा मिहेनत गरे भविष्यमा सफल हुने बताउनुभयो।

स्वागत तथा बिदाई कार्यक्रममा सभापतिको रुपमा मनास्लु स्कुल कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामाको सभापतित्व र उपप्रधानमन्त्री प्रकाशमा सिंहको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रम बारे परिचर्चा गर्नुभयो।

काठमाडौमा छुट्टै पहिचान बोकेको र हरेक कार्यक्रमलाई फरक ढंगबाट सञ्चालन गर्दै आएको मनास्लुले विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रमसंगै ुमनास्लु सिङ्गिङ आइडलु, ुमिस्टर एण्ड मिस मनास्लुु, ुमनास्लु डान्सिङ स्टारु २०८० को ग्रान्ड फिनाले प्रतियोगिता समेत आयोजना गरेको थियो। मनास्लुले यसबर्ष देखि मनास्लु बोडकास्ट सुरु गरेको छ।च्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाई सोमबार सम्मान गरेको छ ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान– २०८१ बाट सम्मान गरिएको हो।

सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा डा बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्यो ।उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।