बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन


काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।

उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।