४-१० सम्मको त्रैमासिक परीक्षाको प्रश्नपत्र कामपाले आफैँ बनाउने

४-१० सम्मको त्रैमासिक परीक्षाको प्रश्नपत्र कामपाले आफैँ बनाउने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ४ देखि १० सम्मको त्रैमासिक परीक्षाको लागि प्रश्नपत्र आफैँले बनाउने भएको छ।

महानगरपालिका शिक्षा विभागका विभागीय प्रमुख गोविन्दप्रसाद शर्माले महानगरभित्रका सामुदायिक विद्यालयको लागि प्रश्नपत्र महानगरपालिकाले नै निर्माण गर्ने जानकारी दिए।

उनका अनुसार यही मंसिर ८ गतेदेखि सुरू हुने त्रैमासिक परीक्षाबाट नै यो व्यवस्था लागू हुनेछ। ‘हामीले पाठ्यक्रमअनुसार प्रश्न निर्माण गर्छौ र सम्बन्धित विद्यालयमा दिन्छौँ, त्यसपछि उनीहरूले परीक्षा सञ्चालन गर्छन्,’ उनले भने।

महानगरपालिकाले नै प्रश्न बनाइदिने भएकाले यसका लागि विद्यालयले अबदेखि कुनै पनि शुल्क लिन पाउने छैनन्। ‘हामीले प्रश्न बनाएपछि विद्यालयले परीक्षाको नाममा कुनै पनि शुल्क लिन पाउँदैन, यसैको लागि हामीले प्रश्न बनाउने भएका हौँ,’ उनले भने। उनका अनुसार उत्तरपुस्तिका भने विद्यालयकै शिक्षकहरूले जाँच्ने छन्।