मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य


काठमाडौं । आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन्।

काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेका हुन ।

कुनैपनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।

सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भैरहेकाबेला सम्झौताको पूर्णपाठपछि थप व्याख्या हुन थालेका छन्।