पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाई( प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाई( प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए


काठमाडौं । दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरे ।ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका छन् । देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए ।
पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

सरकारले ढुंगानाको निधनको शोका आज सार्वजनिक बिदा दिएको छ । साथै राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।