नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान


नेपाली कांग्रेसको संस्थापन र इतर समूहनिकट विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० का दुई समूहबीच ढुंगा हानाहान भएको हो।अध्यक्ष दुजाङ शेर्पामाथि एकलौटी गरेको आरोप लगाउँदै समानान्तर गतिविधि गर्दै आएको इतर समूह भेटघाट कार्यक्रम गर्न क्याम्पस पुगेका बेला संस्थापन समूहले ढुंगामुढा गरेको बताइएको छ।

‘स्ववियु निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रमअन्तर्गत हामीले आज मीन भवन क्याम्पसमा कार्यक्रम राखेका थियौं,’ इतर समूहका नेता भुवन भट्टले भने, ‘हामीलाई क्याम्पस भित्र प्रवेश गर्न दिइएन।

उनले अध्यक्ष शेर्पानिकट विद्यार्थीहरुले आफूहरुको कार्यक्रम विथोल्न क्याम्पसमा गुण्डा परिचालन गरेको पनि आरोप लगाए।