दीपक मनाङे पक्राउ, आजै कारागार चलान

दीपक मनाङे पक्राउ, आजै कारागार चलान


काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ ।

उनी केहीबेरअघि काठमाडौंबाट पक्राउ परेका थिए ।

चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।

उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।