नलगाढको उपमेयरमा एमालेले सुनिता बोहोरालाई बनायो उम्मेदवार

नलगाढको उपमेयरमा एमालेले सुनिता बोहोरालाई बनायो उम्मेदवार


काठमाडौं । नेकपा एमालेले जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले जाजरकोट जिल्ला कमिटी उपसचिव रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।

उपमेयर सि‌ंहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा म‌ंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।