बुढानिलकण्ठ नगरपालिकाले गर्यो ८० वटा योजनाहरुमा सम्भौता, खानेपानीका योजना सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाले गर्यो ८० वटा योजनाहरुमा सम्भौता, खानेपानीका योजना सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले गत आर्थिक बर्षमा दायित्व अनुसार बमोजिमका योजनाहरुको सम्बन्धमा ८० वटा योजनाहरुलाई योजना माहाशाखाबाट पहल भएको छ ।

हाल सम्मको प्रगति आर्थिक बर्षमा सम्बिन्धित समिति सँग सम्पर्क गरि छिटोभन्दा छिटो दायित्वका योजनाहरु सम्पन्न गर्न पहल गरेको हो । साथै १३ वटै वडाका समितिहरुसँग समुन्वय गरेको योजना शाखाका अधिकृत राजकुमार थापाले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०८१ साल कार्तिक १३ गते सम्म ८० वटा योजनासँग सम्झौता गरेको उहाँले बताउनुभयो ।प्रदेशस्तरिय खानेपानी सम्बन्धमा प्रदेश खानेपानी डिभिजन भक्तपुरबाट नगरपालिकामा भएका खानेपानीका योजना सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

बुढानिलकण्ठ नगरपालिका वडा कार्यालयबाट समुन्वय भई निर्माण सम्पन्न भैसकेका योजनाहरु सम्बन्धित उपभोक्ता समिति तथा टोल विकास समितिहरुलाई हस्तान्तरण गर्ने काम अन्तिम सम्म पुगेको उहाँले बताउनुभयो ।