काठमाडौं । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौँको वायुमण्डल धुम्म भएको हो ।
अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार बिहान ११ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १५५ छ । यसको अर्थ काठमाडौँको वायु गुणस्तर अस्वस्थकर हो । विश्व स्वास्थ्य सङ्गठनले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।
प्रतिक्रिया