नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पी.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदीमाथि बेलिबृज जडान कार्य सुरु गरेको छ ।
यही असोज १० र ११ गते भएको अविरल वर्षापछि सुनकोसीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।
यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रूपमा वैकल्पिक मार्गबाट अहिले सडक सञ्चालन भएको भए पनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।
प्रतिक्रिया