समाजसेवी नविन रानाभाट, नेताद्वय झलनाथ खनाल र रामेस्वर श्रेष्ठले गरे ५५४ घरपरिवारलाई राहत वितरण

समाजसेवी नविन रानाभाट, नेताद्वय झलनाथ खनाल र रामेस्वर श्रेष्ठले गरे ५५४ घरपरिवारलाई राहत वितरण


काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता रामेस्वर श्रेष्ठ तथा समाजसेवी नविन रानाभाटको पहलमा ५५४ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

‘सबै नेपालीहरुको सुख र खुशिका निम्ती सुखी नेपाली अभियान’ भन्ने मूल मन्त्रका साथ काठमाडौं महानगरपालिका वडा नम्बर १४ जागरन बस्तिमा ५५४ घर परिवारहरुलाई प्रती घर परिवार एक बोरा चामलका दरले २४० बोरा चामल बितरण गरिएको हो ।

एकिकृत समाजवादिका सम्मानित नेता झलनाथ खनालको प्रमुख आथित्यतामा उक्त राहत वितरण गरिएको ।

यही असोज १९ र २० गते राहत वितरण गर्दै नेता खनालले आपत विपदमा परेका नगारिकलाई आवस्यक राहत वितरक गरिएको बताउनुभयो । सरकारले पनि बाढि पिडितका लागि राहको ब्यबस्था गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा समाजवादी पार्टीका नेता रामेस्वर श्रेष्ठले बाढि पिडितका लागि राहतको ब्यबस्था गरिएको बताउनु भयो । उहाले प्राकृतिक विपत्ति थाहा दिएर न आउने र यस्तोमा जनप्रतिनिधि स्थानिय सरकारले मिलेर पिडितका लागि राहत महत्त्वपूर्ण हुने बताउनुभयो । उहाले सरकारको मुख ताकेर बस्दा स्थानिय लाई धेरै समस्या मा परेको बताउनुभयो ।

यस्तै युवा नेता तथा समाजसेवी नविन रानाभाटले स्थानिय पिडितको समस्यामा राहत सहयो गर्न पाउदा खुशी लागेको बताउनुभयो । स्थानिय युवा तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेताले पिडितका लागि सहयोग गरेको उहाको भनाई छ ।

गत असोज ११/१२ गते परेको अविरल बर्षाका कारण धेरै ठाउमा बाढि पसेको थियो ।