दुर्गा प्रसाईं पक्राउ परेको आठ दिनपछि मुद्दा दायर, ५ वर्ष कैद माग

दुर्गा प्रसाईं पक्राउ परेको आठ दिनपछि मुद्दा दायर, ५ वर्ष कैद माग


काठमाडौं । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको छ ।

प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । उनी ८ दिनअघि पक्राउ परेका थिए ।