काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ । आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘मिति २०८१/०६/११ गतेदेखि भएको भारी वर्षाको कारण यस अदालतको दोस्रो भवनमा रहेको इजलास नं. २६, २७, २८, २९ र ३० तथा मुद्दा फाँट २६, २७, २८ र २९ मा पानी पसेर मिसिलहरू भिजेको, फाँट र इजलासभित्र पानी तथा हिलो रहेकोले फाँट तथा इजलासबाट तत्काल सेवा प्रवाह गर्न कठिनाइ रहेको हुँदा सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने हुँदा मिति २०८१/०६/१३ गते उक्त इजलास तथा फाँटहरूबाट प्रवाह हुने सेवाहरू स्थगित रहेको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ ।’
अदालतले आइतबार सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने जनाएको छ ।
प्रतिक्रिया