हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेचरु

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेचरु


नेपाली बजारमा आज ९आइतबार० सुन–चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १०