काभ्रेको रोशी गाउँपालिका- ८ चारसयवेशीस्थित बिपी राजमार्ग सडक खण्डमा लेदोसहितको पहिरो आएको छ।
शुक्रबार बिहान ९:१५ बजेदेखि आएको पहिरोले सडकखण्ड दुई तर्फी अवरोध भएको थियो। त्यसपछि प्रहरीको टोली खटेर स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
अहिले सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
बिहीबार रातिदेखि आएको पानीले देशका विभिन्न ठाउँमा पहिरो आएर सडकखण्ड अवरोध भइरहेको छ।
प्रतिक्रिया