बुढानीलकण्ठ नगरपालिकाद्धारा सबै वडामा अभिमुखिकरण कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाद्धारा सबै वडामा अभिमुखिकरण कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न


काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकाले आफ्ना सबै वडाहरुमा अभिमुखिकरण कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गरेको छ ।
नगरपालिकाले वडास्तरमा गठन भएका सवै उपभोक्ता समिति, टोल विकास संस्था र समिति तथा सम्बन्धित वडामा बसोवास गर्ने लाभग्राहीहरुलाई विकास योजना सम्झौता, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्बन्धी अभिमुखिकरणको समिक्षा गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिका २०८१ आश्विन १० गते बिहीबार दिनको २ ०० बजे नगरपालिकको बैठक कक्षमा एक कार्यक्रम गर्दै आ। व २०८१/०८२ को नीति तथा कार्यक्रममा उपभोक्ता समितिका लागि योजना सम्झौता,कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन र अन्तिम भुक्तानीका सम्बन्धमा तालिमको व्यवस्था अनिवार्य रुपमा गरिने निर्णय गरेको थियो । जसअनुसार वडास्तरमा गठन भएका सवै उपभोक्ता समिति, टोल विकास संस्थारसमिति तथा सम्बन्धित वडामा बसोवास गर्ने लाभग्राहीहरुलाई विकास योजना सम्झौता, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्बन्धी विषयमा जानकारी गराउने उद्धेश्य राखी कार्यक्रम सञ्चालन गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिकाको मिति २०८१ भाद्र १० गते बसेको बैठकबाट ५०औं कार्यपालिकामा सहमती भएको र नगरपालिकाको सबै वडाहरुमा छुट्टा छुट्टै कार्यक्रम राख्ने तय भएको थियो । जसका आधारमा भाद्र १३ गतेबाट कार्यक्रम सुरु भई २६ गते सम्पन्न गर्ने लक्ष्य लिइएकोमा वडा नं ३ र ४ मा स्थगित भएको थियो । उक्त स्थगित अभिमुखीकरण कार्यक्रम वडा कार्यालयको पहलमा असोज ४ र ९ गते सम्पन्न भएको थियो ।

नगरपालिका निर्णय अनुसार मिति २०८१ भाद्र १३ गते कार्यवाहक वडा अध्धक्ष बुद्धि तामाङको अध्यक्षतामा वडा नं १ को कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ३ जना जनप्रतिनिधि सहित गरेर ४१ जनाको उपस्थिति रहेको थियो ।

त्यस्तै मिति २०८१ भाद्र १४ गते वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वडा नं २ को कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ५ जना जनप्रतिनिधि सहित गरेर ७३ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ भाद्र १५ गते वडा अध्यक्ष रवि खड्काको अध्यक्षतामा वडा नं ६ को क्लव भवनमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर ५८ जनाको उपस्थिति रहेको थियो ।

मिति २०८१ भाद्र १६ गते वडा सदस्य रण बहादुर तामाङ अध्यक्षतामा वडा नं ५ को कार्यालयको हल मा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर ३८ जनाको उपस्थिति रहेको थियो ।

अर्को कार्यक्रम मिति २०८१ भाद्र १८ गते वडा अध्यक्ष बस नारायण महर्जनको अध्यक्षतामा वडा नं ७ को हलमा सम्पन्न भएको थियो । जसमा ५ जना जनप्रतिनिधि सहित गरेर ४१ जनाको उपस्थिति रहेको थियो ।

त्यस्तै मिति २०८१ भाद्र १९ गते वडा अध्यक्ष सुमन तामाङको अध्यक्षतामा वडा नं ८ को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ५ जना जनप्रतिनिधि सहित गरेर३७ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ भाद्र २० गते वडा अध्यक्ष वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा वडा नं ९ को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ३ जना जनप्रतिनिधि सहित गरेर २७ जनाको उपस्थिति रहेको थियो ।

मिति २०८१ भाद्र २२ गते वडा अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा वडा नं ११ को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ३ जना जनप्रतिनिधि सहित गरेर ५३ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ भाद्र २४ गते वडा अध्यक्ष अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा वडा नं १२ को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर ३७ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ भाद्र २५ गते वडा अध्यक्ष टिका नारायण श्रेष्ठको अध्यक्षतामा वडा नं १३ को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ५ जना जनप्रतिनिधि सहित गरेर ९६ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ भाद्र २७ गते वडा अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा वडा नं १० को हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर ६५ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी मिति २०८१ असोज ४ गते वडा अध्यक्ष आकास धितालको अध्यक्षतामा वडा नं वडा नं ३ को स्वास्थ्य चौकीको हलमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर २४ जनाको उपस्थिति रहेको थियो ।

त्यस्तै मिति २०८१ असोज ९ गते वडा अध्यक्ष श्रीराम के सीको अध्यक्षतामा वडा नं ४ को नयाँ भवनमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४ जना जनप्रतिनिधि सहित गरेर ६७ जनाको उपस्थिति रहेको थियो ।

समग्रमा बुढानीलकण्ठ नगरपालिकाले मिति २०८१ भाद्र १३ गते देखी आश्विन ९ गते सम्म १३ दिन १३ वटा वडामा वडा अध्यक्ष एवं वडा सदस्यको अध्यक्षता सम्पन्न गरेको कार्यक्रममा ५३ जना जनप्रतिनिधि उपस्थित भएका थिए भने उपस्थित हुने अन्य सहभागी संख्या ६५७ जना रहेको थियो ।

बुढानीलकण्ठ नगरपालिकाले आफ्ना वडाहरुमा कार्यक्रम सञ्चालन गर्दा देखिएका समस्याहरु यसप्रकार छन् :

-कार्यतालिका अनुसार श्रावणको २० देखि वडा स्तरीय उपभोक्ता अभिमुखिकरण कार्यक्रम राख्ने भनिएकोमा महाशाखा र शाखाहरुमा कर्मचारी हेरफेरका कारण केहि ढिलो हुन गएको,

-वडाका जनप्रतिनिधि तथा अन्य सहभागीहरुको समय मिलाउन समस्या भएको,

-सवै वडाहरुमा राम्रो हलको व्यवस्था नहुनाले सहभागीहरु बस्नका लागि समस्या भएको,

-थोरै समयमा धेरै विषयवस्तु प्रस्तुत गर्नु पर्ने भएकाले सो को व्यवस्थापन गर्न उपभोक्ता समितिमा बस्ने बास्तविक नागरिक भन्दा पनि निर्माण व्यवसायीको चासो बढी देखिएको,

-वर्षातको समय भएकाले सहभागीलाई आउन र जान समस्या भएको,

-कार्यक्रमको विषयबस्तु भन्दा पनि मानिसहरु आफ्ना दैनिक समस्या राख्नका लागि बढी इच्छुक हुनु आदि ।

कार्यक्रमको दौरान देखिएका राम्रा पक्षहरु यसप्रकार छन्:

-धेरै वा थोरै जति सहभागी भए पनि कार्यक्रमहरु अन्तरक्रियात्मक भएको,

-नगर प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यूहरुको नियमित सहभागिताले कार्यक्रमलाई जिवन्त बनाउन सहयोग गरेको,

-वडा कार्यालयहरुको हलको समस्या समाधानका लागि विभिन्न विकल्प प्रयोग भएको जस्तैस् वडा न. ६ मा स्थानिय क्लव भवन प्रयोग भएको, वडा न।१३ मा वडा वाहिर रहेको खुला ठाउँमा कार्यक्रम सञ्चालन भएको,

-विकास निर्माणका साथै अन्य स्थानिय गुनासाहरु समेत प्राप्त भएको, नगर प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिले त्यस्ता समस्या समाधान गर्नका लागि सहयोग गरेको,

-सानो स्थानमा पनि मानिसहरु धैर्य धारण गरेर बस्नु आदि ।

जनताबाट प्राप्त भएका सुझाव तथा गुनासाहरु यसप्रकार छन्:

-काम गर्नका लागि प्राविधिकबाट तयार भएको लागत अनुमान तथा निर्माण सम्पन्न भएपछिको मूल्याङ्कन प्रतिवेदनमा भएको भाषा अंग्रेजी भई नबुझिने समस्या भएकाले त्यसलाई सकेसम्म नेपालीकरण गर्नुपर्ने,

-प्रतिशत कन्टिजेन्सी किन र के का लागि काटीएको हो ?

-उपभोक्ता समितिलाई किन पेश्की नदिइएको हो ?

-समितिको काम गर्दा धेरै झन्झट भयो, भुक्तानीका प्रक्रियाहरु लामो भए आदि ।

समस्या समाधानका लागि नगरपालिकाले गर्न सक्ने कामहरु यस प्रकार छन्:

-महाशाखा तथा शाखाहरुबाट पेश भएको कार्यतालिका बमोजिम अनिवार्य रुपमा काम गर्ने,

-आम जनताका गुनासाहरु सम्बोधनका लागि नियमित रुपमा यस्ता कार्यक्रमहरु वडा तथा टोल स्तरमा सञ्चालन गर्ने,

-उपभोक्ता समिति गठन गर्दा अनिवार्य रुपमा सम्बन्धित स्थानका नागरिकहरु समेट्नु पर्ने,

-प्राविधिकहरुले तयार गर्ने लागत अनुमान तथा मूल्याङ्कन प्रतिवेदनलाई सरल बनाउनका लागि आवश्यक तालिम प्रशिक्षण दिनुपर्ने,

-प्राविधिकले लागत अनुमान तयार गर्दा नै सो काम सम्पन्न गर्नका लागि लाग्न सक्ने समय आंकलन गरी उपभोक्ता समितिलाई काम सम्पन्न गर्नुपर्ने सयम तोक्ने,

-धेरै पटक नगरपालिका आउनु पर्ने र शाखा महाशाखा धाउनु पर्ने समस्या समाधानको लागि सेवा प्रवाहलाई एकद्धार प्रणालीमा लैजाने (जसको सुरुवातको लागि काम सुरु भएको छ, यो कतिको प्रभावकारी हुने हो प्रतिक्षाको विषय रहेको),

-निर्माण सम्पन्न भएका पूर्वाधारहरु उपभोक्ता समितिलाई नै हस्तान्नरण गर्ने कार्यलाई अनिवार्य वनाउनु पर्ने, र त्यसको मर्मत तथा उपयोगका सम्बन्धमा उपभोक्ता समितिलाई नै जिम्मेवार वनाउनु पर्ने आदि रहेका छन् ।