काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपालीहरुको महान पर्व बडा दशैं पनि नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले दशैं बिशेष गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा दशैं बिशेष नयाँ गीत “पार्सल” सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्री र लोकप्रिय गायिका देबी घर्ती मगरको स्वर रहेको छ भने दिपक अर्यालको शब्द, बिष्णु खत्रीको संगीत रहेको छ।
यस गीतको भिडियोमा निशान बानियाको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा ओबी रायमाझी, सदिक्षा क्षत्री स्वरुप पाठक र अन्यको अभिनय रहेको छ। यस गीतलाई दिपक अर्यालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
प्रतिक्रिया