आइएमई लाइफले गर्यो ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

आइएमई लाइफले गर्यो ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक


काठमाडौं । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरूलाई लक्षित गरी कम्पनीले उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीले एक विज्ञप्ति जारी गरी १८ वर्षभन्दा माथिका व्यक्तिहरूले न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरू, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत जनाएको छ ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ ।

साथै, बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिनेछ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइनबाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।