निर्वाचन सामाग्री बोकिरहेको जिप बिहीबार डोटीमा दुर्घटना भएको छ । बडीकेदार गाउँपालिका वडा नं ५ अत्तरकाँडामा जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएपछि दुर्घटना भएको हो ।
सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो ।
प्रतिक्रिया