काठमाडौं । एनएमबि बैंक लिमिटेड, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच त्रिपक्षीय सम्झौता भएको छ ।
गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्नका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलस प्रालिको तर्फबाट सह-संस्थापक न्यूराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।
आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरूलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृतलगायत अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा शुरू गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर शुरू गर्ने तयारी गर्न लागिएको छ ।
एनएमबि बैंकले हाल देशभरका २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया