काठमाडौं । बूढानीलकण्ठ नगरपालिका सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले एक सुचना सार्वजनिक गर्दै यहि असोज ११ गते सार्वजनिक सुनुवाई तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।
यस नगरपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा चालु आर्थिक वर्ष ०८१/८२ को स्वीकृत कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको बुढानीलकण्ठ नगरपालिकाको सूचनामा उल्लेख छ ।
त्यस्तै नगरपालिकाले क्षेत्रभित्र क्रियाशील उपभोक्ता समिति, क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग लगायत सरोकारवाला सबैको सहभागिताको लागि यो सूचना प्रकाशित गरेको नगर प्रमुख मिठाराम अधिकारी बताएका छन् ।
सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम यहि असोज ११ गते शुक्रबार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गण, हात्तीगौंडा, काठमाडौंमा हुने छ ।
प्रतिक्रिया