कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।
गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।
विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।
एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया