बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ ले सभ्यताका साथ मनायो संविधान दिवस (भिडियो सहित)

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ ले सभ्यताका साथ मनायो संविधान दिवस (भिडियो सहित)


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ ले संविधान दिवस सभ्यताका साथ मनाएको छ ।

वडाको कार्यालय परिसरमा दिप प्रज्वलन गरी १२ नं वडाका स्थानिय र नेकपा एमालेका नेता, वडा अध्यक्ष तथा सदस्य विभिन्न विशिष्ट ब्यक्ति, बुद्धिजिवी, कपन महिला सञ्जालहरुले नेपालको झण्डा फहराएर तथा दिप प्रज्वलन गरि संविधान दिवस मनाएका हुन । वडाको नवनिर्मित भवन परिसरमा स्थानियबासीको भिड लागेको थियो ।

बिहिबार साझ नेपालको झण्डा फहराएर बन्दै गरेको वडा कार्यालय परिसरमा दिवस मनाएका हुन । दुर्गा मन्दिरमा रहेको वडा कार्यलयबाट दिप बालेर संविधान दिवसको ब्यानर सहित नारा लगाउँदै नवनिर्मित भवन खरिबोट पुगेका थिए । संविधान दिवस घरघरमा मनायौ,संविधानको रक्षा गरौ भन्ने नारा समेत लगाएका थिए ।