नबिल बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकलाई २० प्रतिशतसम्म छुट

नबिल बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकलाई २० प्रतिशतसम्म छुट


काठमाडौँ । नबिल बैंक र र्‍याडिसन होटलबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ। सम्झौतापछि बैंकका ग्राहकले होटलमा उपलब्ध सेवा–सुविधामा विशेष छुट पाउनेछन्।

सम्झौतामा नबिलको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसनको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नबिलका ग्राहकले र्‍याडिसनमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छूट दिइने भएको छ । यस्तो छूट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।  याडिसन होटलसँगको सम्झौतापछि ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ।