काठमाडौं । नदि खोलानालाको किनाराबाट थप २०/२० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गर्नुपर्ने माग गर्दे चौतर्फी दबाब बढेको छ ।नागरिकको सम्पतिमाथिको मौलिक हकलाई सुनिश्चित गर्न भन्दै दबाब बढेको हो ।
सर्वोच्च अदालतले फैसलालाई पुनरावलोकन नगरे आन्दोलन आन्दोलन हुने बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठ्ठाराम अधिकारीले बताएका छन् । आईतबार नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालिकाका १–१३ वटै वडा पार्टी कमिटीले काठमाडौं उपत्यकामा रहेका नदि खोलानालाको किनाराबाट थप २०/२० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गरि नागरिकको सम्पतिमाथिको मौलिक हकलाई सुनिश्चित गर्नकालागि जनस्तरबाट हस्ताक्षर संकलन गरेको डकुमेन्ट बूढानीलकण्ठ नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुखलाई एकमुष्ट बुझाउने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गरेको जनताले ठुलो आन्दोलन गर्ने उहाँले बताउनुभयो । नागरिकको घर ढाल्ने, उठिबास गर्ने कुरा अमानविय भएको भन्दै सरकार र अदालतलाई यो कुरामा सचेत रहन आग्रह समेत गर्नुभयो ।
यस्तै नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले हस्ताक्षरपत्र बुझाउँदै छिटो भन्दा छिटो फैसलालाई पुनरावलोकन गर्नुपर्ने आबश्यकता रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका नागरिकको सम्पतिमाथिको मौलिक हकलाई सुनिश्चित गर्नका लागि पनि सरकारसँग माग गर्नुभयो ।
नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको आव्हानमा भाद्र २६, २७, २८ र २९ गते सम्म बूढानीलकण्ठ नगरपालिकाका १–१३ वटै वडाका चोकचोकमा नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालिकाका १–१३ वटै वडा पार्टी कमिटीले काठमाडौं उपत्यकामा रहेका नदि खोलानालाको किनाराबाट थप २०/२० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गरि नागरिकको सम्पतिमाथिको मौलिक हकलाई सुनिश्चित गर्नका लागि जनस्तरबाट हस्ताक्षर संकलन गरेर प्रमुख तथा उप प्रमुखलाई बुझाएका थिए ।
प्रतिक्रिया