दूधको भुक्तानी पाएनन् चितवनका किसानले

दूधको भुक्तानी पाएनन् चितवनका किसानले


काठमाडौँ  ।  चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा धेरै भुक्तानी पाएका छैनन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा धेरै भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत गत फागुनदेखिको भुक्तानी बाँकी रहेको छ । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ ।