काठमाडौं । महिनावारि भनेको हरेक महिनाको एकचोटि महिलामा हुने एक प्रक्रिया हो । महिनावारि १३ वर्ष बाट सुरु भई ४५ वर्ष सम्मको उमेरसम्म चलिरहने प्रक्रिया हो ।
महिनावारी हरेक महिलालाई हुने गर्दछ । कोहिलाई ११,१२ वर्ष बाटै सुरु हुन्छ भने कोहिलाई ढिला सुरु हुन पनि सक्छ । महिनावारी भएन भने यो सृष्टि रोकिने छ । जुन महिला महिनावारी हुदिनन् उक्त महिलाले सन्तान उत्पादन गर्न सक्दिनन् ।
महिनावारी बार्ने चलन परा पुर्व कालदेखि चलिआएको चलन हो किनभने पहिले महिलाहरूको भित्र लगाउने वस्त्र नहुने हुदा रगत जताततै फैलिन सक्ने भएको हुनाले यो चलन सुरु भएको भन्ने भनाइ हाम्रो पुर्खाहरुबाट सुनिदै आएको छ ।
महिनावारीको समयमा महिला कमजोर हुने हुदा उनिहरुलाई आरामको जरुरत पर्ने भएकाले यो चलन सुरु भएको हो । यदि महिला गर्भवती छैन भने त्यस समय डिम्बहरु योनिबाट बाहिर निस्कन्छ । यस बेला नै हर्मोनहरु टुक्रिएर योनि मार्ग हुदै बाहिर रगत बनेर निस्किन्छ । यसरी निस्किदा ९०५ महिलामा पीडा हुने भने तथ्य वैज्ञानिकहरुले बताउदै आएका छन् ।
यो समयमा महिलाले आफ्नो खानपान र सरसफाइ बढि ध्यान दिनुपर्दछ । यो अवधि उनिहरुकोलागि धेरै कठिन अवधिको रूपमा लिन सकिन्छ । यसरी शरीरबाट विषाक्त पदार्थ निस्किएका कारण महिलामा भिटामिनको कमि हुन्छ । यसले शरीर कमजोर पर्ने , रिगाटा लाग्ने , पेट,कम्मर र ढाड दुख्ने , वाक वाक लाग्ने आदि समस्या देखा पर्दछन् । महिनावारी हुदा ४ दिन सफामा रहनु पर्दछ । यो बेलामा बढि तनाव हुने थकान लाग्ने हुन्छ ।
यो समयमा महिलाहरू झरको मान्ने , साना साना कुरामा पनि भावुक हुने हुन्छन् । उनिहरु शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि कमजोर भै रहेका हुन्छन् । तर कतिपय ठाउँमा अशिक्षाको कारणले अलग्गै बस्ने , छाउगोठमा बस्ने , कसैलाई छुन नहुने परम्परा चलिआएको छ । जुन समयमा परिवारको साथ चाहिएको छ त्यही समयमा उनी अलग्गै बस्नु परेको छ । छाउगोठमा बसेकै कारण वर्षेनि कति महिलाको ज्यान गइरहेको छ । एसो गर्नु गलत हो । यो समयमा स्वास्थ्यको लागि फाइदा हुने तथा मानसिक , शारीरिक रूपमा तन्दुरुस्त रहनु पर्दछ ।
प्रतिक्रिया