मोरङको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

मोरङको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो।

यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ।

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए।

हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।