काठमाडौं । श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नको लागी सीके राउतले गरे ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन्।
राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्।
प्रतिक्रिया