नेपाली काङ्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले क्षेत्र नम्बर ४ मा गठबन्धन दलले बहुमतले चुनाव जित्ने दाबि गर्नुभएको छ। आज काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन मा चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बितेको ५ वर्षमा भए गरेका गल्तिबाट अव सिक्ने बेला आएको र गठबन्धन किन गर्नुपर्यो भन्ने सन्दर्भमा चुनाव अगाडि नै तालमेल को तयारीमा रहेको भन्दै आगामी निर्वाचनमा गठबन्धन बलियो बनेको जिकिर गर्नुभयो ।
उहाँले बहुमतले चुनाव जित्ने दाबी समेत गर्नुभयो । गठबन्धन लाई धोका दिन नहुने भन्दै बितेको ५ वर्षमा कुन साम्सद कति सक्रिय रहयो भन्ने कुरा जनताले बुजेको उल्लेख गर्नुभयो । कपनका हरेक सडक निर्माण मा आफ्नो कार्यकालमा सम्पन्न गर्न सकेको र अब आउने चुनाव जितेपछि सम्पन्न गर्ने र सडक निर्माणमा ढिला सुस्तिको दोष आफ्नो पनि भएको उहाँको स्विरारोक्ति छ । निर्वाचन जितेपछि बुनपा ८ वटै वडामा प्रदेश कार्यलय स्थापना गरेर पुर्वाधार बिकास कार्यलय बनाउने , सडक निर्माण योजना कार्यलय बनाउने ब्यबस्थित कार्यलय बनाउने योजना बनाउने उल्लेख गर्नुभयो । वडा नम्बर १२ मा प्रदेश प्रतिनिधि सभाका सबै गठबन्धन का साझा उम्मेदवार लाई जित्नै पर्ने बताउनुभयो । अब आफु १० बर्ष सक्रिय राजनिति गर्ने जिकिर गर्नुभयो ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य गठबन्धनका साझा उम्मेदवार कुसुम कुमार कार्कीले आगामी निर्वाचनमा जनताको मत जित्नु भनेको मत लिनु महत्त्वपुर्ण कुरा रहेको बताउनुभयो। उहाँले प्रदेश तथा प्रतिनिधि सभाको चुनाव गठबन्धनले जित्ने दाबी समेत गर्नुभयो ।
क्षेत्र नम्बर ४ बुनपाका ८ वटै वडामा चुनाव जितिने विश्वास ब्यक्त गर्नुभयो । जित्ने आधार औल्याउदै गठबन्धन को मुख्य एजेन्डा भनेको सम्बृदिको एजेन्डा रहेको र स्वास्थ्य, शिक्षा उधोग सन्चालन ,रोजगार , ढल ब्यबस्थापन , सडक मर्मत लगाएतका बिकास निर्माणका काममा महत्त्वपूर्ण एजेण्डा रहेको बताउनुभयो । स्थानिय तहको निर्वाचनमा जति सफलता पाएको छौ त्यो भन्दा बढि सफलता अबको गठबन्धन ले ल्याउने उहाँको भनाई छ । उहाँले सुरुमा मान्छे नेपाली नागरिक भएर जन्मिन्छ र बल्ल पार्टी दल को हुन्छ भन्दै देश सपार्न गठबन्धन लाई जिताउनु पर्ने बताउनुभयो ।
२०७४ को निर्वाचन मा आफुलाई जसरि अ्मुल्य मत दिएर बिजयी हासिल गर्न सफल भए अबको निर्वाचन मा पनि नागरिक सङ मत आग्रह गर्नुभयो । आफ्नो कार्यकारी भरी गर्न बाकी बिकास निर्माणका काम अबको जित पछि पुरा गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया