नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य गठबन्धनका साझा उम्मेदवार कुसुम कुमार कार्कीले आगामी निर्वाचनमा जनताको मत जित्नु भनेको मत लिनु महत्त्वपुर्ण कुरा रहेको बताउनुभएको छ । मङसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा काठमाडौ क्षेत्र न. ४ प्रदेश सभा क्षेत्र नं २ का लागि गठबन्धनका तर्फबाट साझा उम्मेदवार क. कुसुम कुमार कार्कीले जनताको मत जित्नु चुनाव महत्त्वपूर्ण कुरा हुने उल्लेख गर्नुभयो ।
आज काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन मा चुनावी भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले प्रदेश तथा प्रतिनिधि सभाको चुनाव गठबन्धनले जित्ने दाबी समेत गर्नुभयो । क्षेत्र नम्बर ४ बुनपाका ८ वटै वडाबाट उल्लेखनीय मत आउने र बहुमतले चुनाव जितिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले जित्ने आधार औल्याउदै गठबन्धन को मुख्य एजेन्डा भनेको सम्बृदिको एजेन्डा रहेको र स्वास्थ्य, शिक्षा उधोग सन्चालन ,रोजगार , ढल ब्यबस्थापन , सडक मर्मत लगाएतका बिकास निर्माणका काममा महत्त्वपूर्ण एजेण्डा रहेको बताउनुभयो ।
स्थानिय तहको निर्वाचनमा जति सफलता पाएको छौ त्यो भन्दा बढि सफलता अबको गठबन्धन ले ल्याउने उहाँको भनाई छ । उहाँले सुरुमा मान्छे नेपाली नागरिक भएर जन्मिन्छ र बल्ल पार्टी दल को हुन्छ भन्दै देश सपार्न गठबन्धन लाई जिताउनु पर्ने बताउनुभयो ।
उहाँले २०७४ को निर्वाचन मा आफुलाई जसरी अ्मुल्य मत लिएर बिजयी हासिल गर्न सफल भए अबको निर्वाचन मा पनि नागरिक सङ अ्मुल्य मत दिन आग्रह गर्नुभयो । आफ्नो कार्यकारी भरी गर्न बाकी बिकास निर्माणका काम अबको जित पछि पुरा गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो । चुनावी भेलामा स्थानियबासीको उल्लेखय सहभागिता रहेको थियो ।
प्रतिक्रिया